नेपाल तामाङ समाज जापानको नयाँ कार्यसमिति चयन

|

टोकियो। नेपाल तामाङ समाज जापानको २०२६–२८ का लागि नयाँ कार्यसमिति चयन भएको छ ।

मे २४ तारिख आइतबार सम्पन्न समाजको १०औं महाधिवेशनले गिर बहादुर तामाङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा तेजबहादुर थिङ, ललिता तामाङ, अष्टमाया तामाङ, सुस्मा लामा वाईबा, कर्म दोङ तामाङ र नानीमाया तामाङ रहेका छन् ।

यसैगरी नवनिर्वाचित समितिको महासचिवमा देवेन्द्र तामाङ, सचिवहरुमा मनिता मोक्तान, प्रकाश घलान, सागर पाख्रिन तामाङ, राजेन्द्र लामा र विशाल जिम्बा रहेका छन् ।

यसैगरी कोषाध्यक्षमा लक्ष्मी वाईबा मोक्तान र सह–कोषाध्यक्षमा निरु तामाङ र रोनिश तामाङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा कुमार लामा, रोहन लुङ्बा, रविन लामा, मिलन लामा, सविन लामा, सुमित्रा तामाङ, निमबहादुर तामाङ, प्रशान तामाङ, विकास थिङ तामाङ, प्रज्वल घिसिङ, एकराज तामाङ र अर्जुन तामाङ छन् ।