११ सय बढी खेलौना चोरेर बिक्री गरेको आरोपमा एक जना पक्राउ

|

टोकियो । जापानमा ११ सयभन्दा बढी खेलौनाहरु चोरी गरेर सेकेन्ड ह्यान्ड रिसाइकल पसलमा बिक्री गरेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना २४ वर्षीय बेरोजगार पुरुष रहेका छन् ।

प्रहरीका अनुसार योकोहामामा बस्ने शु मात्सुओमाथि गत मार्च ९ तारिखका दिन कोतो वार्डस्थित पसलबाट १ लाख ४३ हजार येन मूल्य बराबरका ११ सयभन्दा बढी खेलौना रेलहरू चोरेको आशंका गरिएको छ ।

प्रहरीले मात्सुओले खेलौना रेल र पुतली जस्ता सामानहरू चोरेर बिक्री गरेका थिए । यसबाट कम्तिमा १४ लाख येन बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार सोधपुछका क्रममा मात्सुओले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । उनले आफूलाई पाचिन्को (एक प्रकारको जापानी जुआ/खेल) खेल्न पैसा चाहिएकाले यसतो गरेको उल्लेख गरेका छन् ।

उनले बिहानको समयमा ग्राहक र कर्मचारीहरू कम भएका बेला खेलौना पसलहरूलाई निशाना बनाएको पनि स्वीकार गरेका छन् ।