एनआरएनए आईसीसी युवा उपाध्यक्ष पदका लागि ओमन गौचन (ह्यान्सन) को उम्मेदवारी घोषणा

युवा सशक्तीकरण र नेतृत्व विकासमा प्रतिबद्ध ओमन गौचन (ह्यान्सन) ले आगामी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी ) निर्वाचनमा युवा उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

गौचनको मुख्य उद्देश्य संसारभर रहेका नेपाली युवाहरूलाई जोड्दै एक सशक्त, एकीकृत र सहयोगी नेपाली परिवार बनाउने हो । उनले युवाहरू केबल भविष्यका नेतृत्वकर्ता नभई वर्तमानका सक्रिय नेतृत्वकर्ता पनि भएको उनको भनाई छ ।

गौचनका मुख्य प्रतिबद्धताहरू:
• विश्वभर रहेका नेपाली युवाहरूलाई जोड्न ग्लोबल युवा सञ्जाल बनाउने।
• नेतृत्व विकास, मेन्टरशिप र व्यावसायिक अवसरहरू सिर्जना गर्ने।
• नवप्रवर्तन, उद्यमशीलता र लगानीको प्रवर्द्धन।
• दोस्रो र तेस्रो पुस्ताका नेपालीमा भाषा, संस्कृति र पहिचानको गर्व बढाउने।
• आईसीसी, एनसीसी र स्थानीय नेपाली समुदायबीच राम्रो समन्वय र कामको प्रभावकारिता सुनिश्चित गर्ने।
• पारदर्शिता, जिम्मेवारी र परिणाममुखी नेतृत्व गर्ने।

गौचनले सशक्त युवा बिना सशक्त एनआरएनए असम्भव रहेको भन्दै आफ्नो उम्मेदवारी केबल एउटा उम्मेदवारीमात्रै नभई संसारभरिका नेपालीहरूको एकता र उज्ज्वल भविष्यको अभियान भएको बताए ।

उनले आफ्नो मिशन एक विश्व, एक नेपाली परिवार, सशक्त, एकीकृत र उज्ज्वल भविष्यतर्फ भएको उल्लेख गरे ।

गौचनले संसारभरका सबै नेपाली सञ्चार माध्यम, संगठन र समुदायलाई युवा केन्द्रित, एकीकृत र भविष्यमुखी एनआरएनए आईसीसी बनाउन सहयोग गर्न अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?