
चीनको प्रमुख अखबार पिपुल्स डेलीले अमेरिकी सरकारले ताइवान मामिलामा जापानको ‘सैन्यवाद पुनर्जीवित’ हुन नदिन आग्रह गरेको छ ।
पिपुल्स डेलीको सम्पादकीयमा लेखिएको छ, ‘द्वितीय विश्वयुद्धपछि बनेको अन्तर्राष्ट्रिय व्यवस्था र शान्तिको रक्षा गर्न अमेरिकाको पनि जिम्मेवारी छ ।’
ताइवान मामिलामा जापानी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण तनाव बढिरहेका बेला चीनले अमेरिकालाई यस विषयमा सचेत गराएको हो ।
गत ७ नोभेम्बरमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले संसदमा गरेको सम्बोधनका क्रममा चीनले ताइवानमा आक्रमण गरेमा जापानले सैन्य हस्तक्षेप गर्न सक्ने बताएकी थिइन् ।
चीनले भनेको छ, ‘यो केबल ताइवानको मामिला होइन । युद्धपछिको व्यवस्था, क्षेत्रीय शान्ति र कानूनको सम्मान पनि हो ।’
जापानले आफ्नो सैन्य रणनीति पुनर्विचार गरी ताइवानसँगको विवादलाई शान्तिपूर्ण ढंगले हल गर्नुपर्नेमा जोड दिएको छ ।







