ओसाकामा तीन दिने बृहत् घुम्ती शिविर सम्पन्न

जापानको ओसाका शहरमा तीन दिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न भएको छ ।

विद्यार्थी तथा कामदार भिसामा आइ बसोबास गरिरहेकाहरुलाई उनीहरुकै स्थानमा सेवा दिने उद्देश्यले घुम्ती शिविरको आयोजना गरिएको हो ।

नेपाली राजदूतावास, टोकियोको प्रमुख आयोजनामा तथा गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति ओसाका र स्थानीय संघ–संस्थाहरूको सहकार्यमा ओसाकामा तीनदिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न भएको हो ।

शिविरमार्फत राहदानी नवीकरण, प्रमाणीकरणसहित अन्य सेवा सम्बन्धी परामर्शलगायतका विभिन्न कन्सुलर सेवाहरू प्रदान गरिएको छ ।

उक्त शिविरबाट ९५० भन्दा बढी सेवाग्राहीले सेवा लाभ लिएको टोकियोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?