
जापानको राजधानी टोकियोस्थित फरेक्स जापान कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘Fjpay सँग’ नामक विशेष अभियान सुरु गरेको छ ।
यो अभियानमार्फत जापानमा बसोबास गरिरहेका नेपालीहरूले आफ्ना गृहजिल्लामा रहेका विद्यालय, अस्पताल, मन्दिर, पर्यटकीय स्थल, ऐतिहासिक सम्पदा तथा सामाजिक संस्थाहरूसँग प्रत्यक्ष सम्बन्ध राख्दै सहयोग र विकासमा हातेमालो गर्ने अवसर पाउनेछन् ।
फरेक्स जापान विगत लामो समयदेखि जापानमा रहेर नेपाल, फिलिपिन्स, भारतसहित विश्वका विभिन्न मुलुकमा पैसा पठाउने भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीको मोबाइल एप्लिकेशन Fjpay प्रयोग गरी नेपालस्थित आफ्ना जिल्लामा आर्थिक तथा सामाजिक योगदान दिने सहज व्यवस्था मिलाइएको छ ।
कम्पनीले आफ्नै मोबाइल एप्लिकेशन (Fjpay) मार्फत प्रयोगकर्ताहरुलाई सहज, छरितो र सुरक्षित रुपमा रकम पठाउने सुविधा दिँदै आएको छ । यसै निरन्तरतालाई थप सामाजिक जिम्मेवारीसँग जोड्दै यो नयाँ अभियान अघि सारिएको कम्पनीले जनाएको छ ।
यस अभियानले केवल आर्थिक सहयोग मात्र नभई नेपाली समुदायलाई आफ्नो जिल्लासँग अझ नजिक बनाउने भावनात्मक सम्बन्ध पनि बलियो बनाउने लक्ष्य लिएको छ ।
अभियानका मुख्य विशेषताहरू
–नेपालका हरेक जिल्लाको समन्वय गरिरहेका जापानस्थित संस्थाहरूसँग सहकार्य गर्दै प्रत्येक संस्थालाई १० मान येन अर्थात् (१ लाख जापानी येन) सहयोग प्रदान गरिनेछ ।
–संस्थाहरूले यो रकम आपतकालीन राहत कोषमा राखी जापानमा रहेका नेपालीहरुमाझ आकस्मिक समस्या समाधान गर्न खर्च गर्नेछन् ।
–‘मेरो ठाउँ मैं चिनाउँछु’ भन्ने अभियानका साथ हरेक महिना फरक जिल्ला छनोट गरिनेछ र सो जिल्लासँग सम्बन्धित कला, साहित्य, पर्यटकिय स्थल, ऐतिहासिक स्मारक, धार्मिक स्थल आदिबारे विशेष प्रचार सामग्री (पोस्टर, भिडियो) फरेक्स रेमिटका सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । यस अभियानका लागि आफ्नो जिल्ला, गाउँ, ठाउँको प्रवर्द्धन गर्न सकिने फोटो भिडियो र अन्य सामाग्रीहरू उपलव्ध गराईदिन पनि सबैलाई अनुरोध गरेको छ ।
हरेक महिना सो जिल्लाको नामको एउटा विशेष कुपन कोड जारी गरिनेछ । सो कुपन प्रयोग गरेर मोबाइल एपमार्फत पैसा पठाउँदा सो जिल्लाबासीलाई जतिपटक पठाएपनि निःशुल्क हुने छ ।
आफ्नै जिल्लाको नाम लेखेर पैसा पनि निःशुल्क पठाउन सकिने यस अभियानले आफ्नो ठाउँसँगको भावनात्मक सम्बन्ध पनि बलियो बनाउनेछ ।
कार्यक्रमको सुरुवात दोलखा जिल्लाबाट गर्दै १० मान येन ‘दोलखा समाज जापान’ लाई विशेष कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
अब अक्टोबर महिनामा धादिङ जिल्लाको लागि ‘धादिङ समाज जापान’ र नोभेम्बर महिनामा म्याग्दी जिल्लाको लागि ‘मोना जापान’ लाई हस्तान्तरण गरिने छ ।
साथै हरेक महिना एक–एक जिल्ला गर्दै पालैपालो ७७ वटै जिल्लालाई प्रदान गर्दै जाने लक्ष्य छ ।
सेप्टेम्बर महिनाभर FjPay Mob App मार्फत जापानमा बसोबास गर्ने दोलखाबासीहरुले आफ्नै जिल्लाको नाम DOLAKHA क्याम्पेन कोडको रूपमा प्रयोग गरेर निःशुल्क पैसा पठाउन सक्नेछन् । यो सुविधा पनि पालैपालो हरेक महिना एक एक जिल्लाले पाउनेछन् ।
यस अभियानमार्फत फरेक्स जापानले नेपाली समुदायभित्र आपसी सहकार्य र एकताको भावना बढाउने, स्थानीय संस्थाहरुलाई सशक्त बनाउने र नेपाली समाजलाई संकटका क्षणमा सहयोग गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।
साथै, नेपालका विभिन्न जिल्लाको सांस्कृतिक, सामाजिक र पर्यटकीय महत्त्वलाई जापानस्थित नेपाली समुदायसँग परिचित गराउने कार्यमा पनि यसले योगदान पुर्याउनेछ ।
‘हामीले सुरु गरेको ‘Fjpay सँग’ अभियानले जापानमा रहेका नेपालीहरूको सिधा योगदान आफ्नै जिल्ला र समाजमा पुग्नेछ । यसले नेपाली समुदायलाई अझ मजबुत बनाउँदै नेपाल र जापानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ,’ फरेक्स जापानका निर्देशक तथा सीईओ पशुपति भण्डारीले भने ।








