
दक्षिणपश्चिम जापानको फुकुओका प्रिफेक्चरको मियावाका सहरमा नदीमा साथीहरुसँग नदीमा खेल्न गएका तीन स्कुले छात्राको मृत्यु भएको छ ।
नदीमा डुबेर बेपत्ता भएपछि खोजेर नदीबाट निकालिए पनि तीनै जना छात्रालाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
एक किशोरीले आफ्ना साथीहरु इनुनाकी नदीमा पौडी खेल्न पसेको र उनीहरु फर्किएर नआएको जानकारी प्रहरीलाई दिएकी थिइन् ।
दमकल र प्रहरीको उद्दारकर्मीको टोलीले शुक्रबार दिउँसो नै तीन बालिकालाई खोलाबाट निकालेर अस्पताल पु¥याएको थियो । तर चिकित्सकले उनीहरुलाई मृत घोषित गरे ।
नदीमा ८ जना छात्राहरुको समूह पौडी 犀利士 खेलिरहेका थिए । बालिकाहरु फेला परेको निसिकी पुल नजिकै करिब ४० मिटर चौडा खोला रहेको छ । उद्दारकर्ताहरुले उनीहरुलाई नदीको तल २.५ देखि ३ मिटर गहिरो पानीमा फेला पारेको हो ।
मृत्यु भएका तीनै जना जापानी छात्राहरु हुन् । अत्यधिक गर्मी भएका कारण शुक्रबारदेखि सहरका प्राथमिक विद्यालयहरुमा विदा दिइएको थियो ।
जापानमा गर्मी बढेसँगै खोलामा खेल्न जाने र यसरी जानेमध्ये केहीको मृत्यु भएका घटनाहरु लगातार बाहिर आएका छन् ।
यसअघि मंगलबारमात्रै नदीमा पौडी खेल्ने क्रममा नेपाली नागरिकहरु प्रितम खरेल र कृष्ण कँडेलको मृत्यु भएको थियो । उनीहरुको शुक्रबारमात्रै दाहसंस्कार गरिएको छ ।







