
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको मतदाता संख्या सूची सार्वजनिक भएको छ ।
एनआरएनए आईसीसीबाट प्रमाणित मतदाता नामावली विवरण सार्वजनिक गरिएको हो । जसअनुसार एनआरएनए जापानको निर्वाचनका लागि ७ हजार १६८ जना मतदाता कायम भएका छन् ।
सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा बढी कान्तो प्रिफेक्चरमा २ हजार १०५ जना मतदाता रहेका छन् भने क्युशुमा १ हजार २०३ जना रहेका छन् ।
यसैगरी नागोयामा ९९० जना, कान्साईमा ८५८ जना, चिबामा ५९२ जना, निगातामा २७५ जना, शिजुओकामा १९१ जना, सेन्दाईमा १४९ जना, ओकिनावामा १३४ जना, तोचिगीमा १२५ जना, गुन्मामा ९६ जना, नागानोमा ५६ जना, हिरोसिमामा २२ जना, होक्काइदोमा ८ जना र अन्य स्थानमा ३६४ जना मतदाता रहेका छन् ।
यी मतदाताले आगामी ३० जुलाईमा हुने एनआरएनए जापानको कार्यसमिति र आईसीसी सदस्यका लागि मतदान गर्न पाउनेछन् ।
निर्वाचन समितिले सोमबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।









