जापानका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी

जापानका अधिकांश क्षेत्रमा सोमबार अत्यधिक गर्मी भएको छ । केही क्षेत्रमा ३८ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको मौसम विभागले जनाएको छ ।

मौसम अधिकारीहरुले पूर्वोत्तर क्षेत्र तोहोकुदेखि दक्षिणी क्षेत्र क्युशुसम्म अत्यधिक तापक्रम मापन भएको जनाएका छन् ।

दिउँसो २ बजेसम्म यामानाशी प्रिफेक्चरको कोशु सहरको तापक्रम ३८.८ डिग्रीसम्म पुगेको छ । गिफु प्रिफेक्चरको ताजिमी सहर र मिनो सहरको तापक्रम क्रमशः ३८.४ र ३८ डिग्री पुगेको छ ।

३० प्रिफेक्चरसहित कागोशिमा र ओकिनावा प्रिफेक्चरका केही भागमा तापक्रम बढ्दै जाँदा लुको चेतावनी दिइएको छ ।

आम मानिसलाई एसीमा बस्न, तिर्खा नलागे पनि पानी पिउन र दिनमा अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?