एनआरएनए जापान निर्वाचन समिति गठन, संयोजकमा पौडेल

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको ११ अधिवेशनबाट चयन हुने कार्यसमितिको निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ ।

एनआरएनए जापानको निर्वाचनका लागि इन्जिनियर डम्बरराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा डम्बर पुन र पत्रकार आनन्द कोइराला रहेका छन् ।

एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा बसेको अनलाइन बैठकले निर्वाचन अनुगमनका लागि शिवप्रसाद पौडेल र कृष्ण अधिकारीलाई चयन गरेको छ ।

आगामी २९ तारिखमा अधिवेशन तथा ३० तारिखमा अनलाइन प्रणालीबाट निर्वाचन गरिने जनाएको छ । अनलाइन भोटिङका लागि पहिलो पटक एनआरएनए आईसीसीले तोकेबमोजिम ‘भेरो भोटिङ’ प्रणालीबाट निर्वाचन गरिनेछ ।

威而鋼 “https://orchid-cod-489179.hostingersite.com/wp-content/uploads/2023/07/361497481_296626392825818_6339178093910859813_n-301×433.jpg” alt=”” class=”wp-image-196654″ width=”825″ height=”1188″/>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?