पश्चिमी जापानमा सरसफाई प्रतियोगिता

पश्चिमी जापानस्थित ताकामात्सु सहरमा फोहोरमैला हटाउने प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा विद्यार्थीहरुले सहभागिता जनाएका छन् । करिब ४० जनालाई १४ वटा समूहमा बाँडेर फोहोर जतिसक्दो छिटो जम्मा गर्न एक घन्टाको समय दिइएको थियो ।

उनीहरुले चुरोटका ठुटासहित केही प्रकारका फोहोर जम्मा गरेर ज्वलनशील र प्लास्टिक फोहोरमा विभाजित गरी थैलामा भरेका थिए । प्रतियोगीहरुले करिब ६० किलोग्राम फोहोरमैला संकलन गरेका थिए ।

ओकायामा र कागावा प्रिफेक्चरका विश्वविद्यालयका विजेता समूहले १७ किलोग्राम भन्दा बढी फोहोर जम्मा गरेका थिए ।

आयोजकले अन्तर्देशीय समुद्री क्षेत्रमा लगभग ४ हजार ५०० टन फोहोर मिसिन्छ । यसरी समुद्रमा पुगेको फोहोरमध्ये ६० प्रतिशत जमिनमा आधारित फोहोर हुन्छ ।

樂威壯 p_size_poster-share-5-scaled.jpg”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?