स्याङ्जा समाज जापानको तीज विशेष कार्यक्रम सम्पन्न (फोटोफिचर)

टोकियो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्याङ्जा समाज जापानले आयोजना गरेको तीज बिशेष साँगीतिक कार्यक्रम हर्सौल्लास र मनोरञ्जन साथ आइतवार टोकियोमा सम्पन्न भएको छ ।

तीज बिषेश कार्यक्रममा समाजका अध्यक्ष जीवन न्यौपानेको सभापतित्व तथा कार्यबाहक राजदूतकी धर्मपत्नी गंगा अर्यालको प्रमुखल आतिथ्यता रहेको थियो ।

tij3

तिजसाँगीतिक कार्यक्रममा बिशेष अतिथिहरुमा नेपालबाट आमन्त्रित तीज गीतका लोकप्रिय गायक खुमन अधिकारी र लोकप्रिय गायिका राधिका हमालले आफना दर्जनौ तिज गीत गाएर सबैलाई नचाएका थिए ।

प्रसिद्ध गायक गायिकाको गीतबाट उपस्थित दर्शकहरु छमछमी नाचेर रमाइलो गरेका थिए । यस्तै गायिका जमुना रानाले पनि आफ्ना थुप्रै गीतहरु गाएर थप धमका मच्चाएकी थिइन ।

teej4

यस्तै जापानमै रहेका गायकद्वय प्रकाश कटुवाल र बैकुण्ठ महतले पनि तीज साँगीतिक कायक्रम थप मनोरञ्जन दिएका थिए । भने स्थानीय कलाकार सूर्य खड्का र समुन्द्रराज पौडेलले पनि कार्यक्रममा तीज गित गाएका थिए ।

त्यसैगरी कार्यक्रममा जापानमा बिभिन्न्न पेसामा सम्लग्न नेपाली दाजुभाई दिदिबहिनी ,जापान क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनीधिहरु, जापानमा क्रियाशित पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।

radhika

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष जीवन न्यौपानेले कार्यक्रम सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने प्रायोजक, मिडियाकर्मी, दर्शक, कलाकार, संघसंस्था सबैमा धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोग र सद्भावको अपेक्षा गरेको बताएका थिए ।

यस्तै कार्यक्रमकी संयोजक अमृता बस्नेतले तीजको स्वागत मन्तब्य राखेकी थिईन् भने समाजका उपाध्यक्ष सागरमणि भण्डारीले यसरी विदेशमा पनि नेपालीहरुले आफनो मैलिक सस्कृतिको जर्गेनाको लागि यसरी जम्माहरु खुसीको कुरा भन्दै नेपाली नारीको महान चार्ड तिजको सबैलाई शुभकामना ब्यक्त गरेका थिए ।

teej5

teej6

teej7

teej9

teej8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?