जापानिज भाषा वक्तित्वकला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

1टाेकियाे । अप्रिल २३, २०१६ मा ओशाकामा भएको  “नेसाज जापानिज भाषा बक्तित्वकला प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रम २०१६” भव्य रूपमा सम्पन्न भएको छ ।

नेसाज जापानिज भाषाकाे वक्तिकत्वकलाकाे उपाधी मनाेज थापाले हात पारेका छन् भने निर्मला गुरूङ उपविजेता बनिन् ।

प्रतियाेगिताका विजेताले २५ हजार जापानी येनसहित ट्रफी र प्रमाणपत्र तथा उपबिजेताले उपाधीसहित नगद १५ येन, ट्रफी र प्रमाणपत्र पाए ।

अन्य सहभागीहरुले जनही २ हजार येन प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रम आयोजक समितिका संयोजक तथा नेसाज कान्साईका नवनिर्वाचित संयोजक रमेश पाठकको सभापतित्वमा भएको कार्यक्रम नेपालको राष्ट्रिय धुनका साथ शुरु भएको थियो।

नेपाल तथा कुमामोतो भूकम्पका कारण ज्यान गुमाउनेहरु प्रति श्रध्दाञ्जली ब्यक्त गर्न १ मिनेटको मौन धारण पनि गरिएको थियो।

जापानिज भाषा बक्तित्वकलामा प्रतिस्पर्धाका लागि ७ जना प्रतियोगीले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा ओसाका साङ्ग्यो विश्वविद्यालयका प्राध्यापक हामाजाकी, डा. मनोहर लाल श्रेष्ठ र सन्तोष वाग्ले थिए ।

बिजेता तथा अन्य प्रतियोगीलाई नगद पुरस्कार क्योदाई रेमिटका तर्फबाट दिनेश बस्नेतले बितरण गरे भने प्रमाणपत्र निर्णायक मण्डल सदस्य डा. मनोहरलाल श्रेष्ठ तथा ट्रफी नेसाज कार्यवहाक अध्यक्ष ऋषिराम पराजुलीले प्रदान गरेका थिए ।

नेसाज कान्साईका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न

नेसाजको परिमार्जित विधान अनुरुप पहिलो पटक कान्साईमा नेसाज-कान्साई सिटी कमिटिको गठन भएको छ ।

यहि अप्रिल १६ तारिकबाट शुरु भएको निर्वाचन प्रक्रियामा सबै पदाधिकारिहरु निर्बिरोध निर्वाचित भएका थिए ।

संयोजकमा रमेश पाठक, उपसंयोजक मदन खड्का, कोषाध्यक्ष तेजप्रकाश गुरुङ र सदस्यहरुमा कमल कार्की, सृष्टी पुन, विप्लव बानियाँ, पूर्णप्रसाद गर्बुजा, पुष्पराज तामाङ, दिपेन्द्र रिमाल, करिष्मा कुँवर र हितेश खड्का रहेका छन् । निर्वाचित सम्पूर्ण पदाधिकारिहरुले एक कार्यक्रमबीच सपथ ग्रहण गरी औपचारिक रुपमा पदभार ग्रहण गरे ।

कार्यक्रमको समापन गर्दै नेसाज कान्साईका संयोजक रमेश पाठकले सम्पुर्ण सहभागी तथा सहयोगीहरु प्रति धन्यवाद ज्ञापन गरे ।

यससंगै पहिले कान्साई क्षेत्रमा विद्यार्थीहरूका लागि भनेर खोलिएको कान्साई नेप्लिज स्टुडेन्टस (KNS) अबका दिनमा छुट्टै संस्था नरहने जानकारी गराए ।

विद्यार्थीकै लागि भनेर जापानमा रहेको सबैभन्दा पुरानो संस्था नेसाज रहेको अवस्थामा उस्तै प्रकृतिका अन्य संस्था खोल्नु या चलाईरहनुको कुनै औचित्य नहुने भएकोले अबका दिनमा नेसाज कान्साईले जापान भरि अन्य सिटि कमिटिहरुलाई सहयोग गर्ने तथा बिशेषत कान्साई क्षेत्रमा रहेका विद्यार्थीहरूका समस्या समाधान तथा अन्य विविध कार्यक्रमहरु गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?