जापानको भूकम्प प्रभावित क्षेत्रमा पहिलो पटक नेपाली टोली पुग्दा…

Rahat japan 5टोकियो । जापानको भूकम्प प्रभावित कुमामोतो क्षेत्रमा पहिलो नेपाली टोलीका रुपमा नेपाल जापान विद्यार्गी समाज र हामीले नगरे कसले गर्ने ? अभियान पुगेको छ ।

त्यहा अत्यावश्यक पानीलगायत खाद्यान्न सामाग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा पहिलो पटक नेपाली टोली पूगेको हो ।

नेपाल जापान विद्यार्थी समाज किता क्युसु क्षेत्रीय कमिटी र हामीले नगरे कसले गर्ने ? अभियानका सदस्यहरुले आफ्नो कलेज, कामलाई छोडेर ५ घण्टाको यात्रा गरी भूकम्प प्रभावित क्षेत्रमा पूग़ि राहत हस्तान्तरण गरेका हुन् ।

जापानमा अप्रिल १४ र १६ तारिख विहीवार र शनिवार गएको शक्तिशाली भूकम्पका कारण हजारौंको संख्यामा स्थानीयहरु शिविरमा वसोवास गर्न बाध्य भएका छन् ।

क्युसु, कौखा, जिडोउसिया, सेन्मोन गाक्कोउ र कुमामोतो दाईंगाकु गाकुएनमा पुगी राहत वितरण गरेको कृष्ण तिवारीले जानकारी दिए ।

राहत हस्तान्तरण कार्यक्रममा विपिन दाहाल, यम बहादुर थापा, कृष्ण तिवारी र कुमारचन्द्र चौलागाइ सहभागी थिए ।

राहत कार्यक्रम नेपाल जापान विद्यार्थी समाज केन्द्रिय समिति, हामीले नगरे कसले गर्ने ? अभियान, क्षेत्रीय कमिटी सेन्दाइको पूर्ण सहयोग र किता क्यूशु क्षेत्रीय कमिटिको सहभागिता रहेको थियो ।

Rahat japan 1

Rahat japan 2

Rahat japan 3

Rahat japan 4

Rahat japan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?