काठमाडौं । सरकारले विभिन्न एक्काईस देशमा एकैपटक राजदूतहरु सिफारिस गरेको छ ।
त्यसमध्ये एक हुन् जापानका लागि सिफारिस डा.खड्ग केसी । उनी नेकपा एमालेको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् ।
२०२५ सालमा बाजुङ १ पर्वतमा जन्मिएका केसी त्रिभुवन विश्वविद्यालयमा मानविकी संकाय अन्र्तगत राजनीतिक शास्त्रको द्वन्द्व, शान्ति र विकास विभागका सहप्राध्यापक हुन् ।
उनी पछिल्लो समयमा जापानको क्योटो विश्वविद्यालय अन्तर्गत ‘ग्राजुएट स्कुल अफ एसिया एण्ड अफ्रिकन एरिया स्टडिज’ मा आबद्ध छन् ।
वि सं २०४१ मा पर्वतको तिलहरामा रहेको नवजागृति माध्यमिक विद्यालयबाट एसएलसी उत्र्तीर्ण गरेका त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका हुन् ।
उनले सन् २००९ मा जापानको नागासाकी विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।
डा.केसी आधुनिकिकरण, प्रजातन्त्र, शान्ति, अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय जनसम्पर्क, जापानको आधुनिक राजनीतिक सिद्धान्तका विज्ञ समेत हुन् ।
विसं २०६६/६७ मा नेपाल विधा भुषणद्धारा सम्मानित भएका केसीलाई नेपाल स्थित जापानी राजदूतावास अन्र्तगतको सकी लाईन्स क्लब र इमानिसी लाईन्स मेमोरियल फेलोसिप ट्रष्टले सम्मान समेत गरेको छ ।