मगर संघ जापानको महाधिवेशन सम्पन्न, अध्यक्षमा दिपक बुर्जा मगर

Magar sangh Japanटोकियो । टोकियोको इकेबुकुरो तोशिमा सिटी हलमा मगर संघ जापानको १८ औ महाधिवेशन आईतवार भब्यताकासाथ सम्पन्न भएको छ ।

सो महाधिवेशनले दिपक बुर्जा मगरको अध्यक्षतामा २५ सदस्सीय कार्य समिती चयन गरेको छ।

‘पट्ट मगरको काट छानिङ, लहो ढ्ट, धर्म र संस्कृति माम्याकिङ’ भन्ने मूल नाराका साथ आइतबार जापानको राजधानी टोकियोमा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्योतिष घर्तिमगर, उपाध्यक्षमा रित रानामगर, सिता बुढाथोकीमगर, चन्द्र पुनमगर, महासचिवमा योगेन थापामगर, सचिवमा कमल थापामगर, कोषाध्यक्षमा किरण थापामगर र सह–कोषाध्यक्षमा सुनिता रानामगर सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । त्यस्तै संघको प्रवक्तामा नरेश रानामगर चयन भएका छन् ।

1

सो अधिवेशनले  २५ सदस्यीय कार्यसमितिका सदस्यहरुमा दिपेन थापामगर, मोहन थापामगर, राजु छन्त्यालमगर, मदन थापामगर, चेत रानामगर, महेन्द्र थापामगर, तुल बहादुर साराङ्कोटीमगर, चेत बहादुर थापामगर (आयुप), मृगेन्द्र हितानमगर, रमेश श्रीषमगर, शिव थापामगर रहेका छन् भने बाँकी तीन सदस्य नवनिर्वाचित समितिको पहिले बैठकबाट थप गरिने जनाइएको छ ।

नेपाल मगर संघ जापानका संरक्षक गमप्रसाद जुग्जाली मगर संयोजक तथा सल्लाहकारद्वय शैलेन्द्र विक्रम थापामगर र नबिन थापा मगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

कार्यक्रममा संघका संरक्षक गमप्रसाद जुग्जालीमगरले अधिवेशन भनेको विगतको समीक्षा गर्ने दिनभएकाले ती विगतका कमजोरीलाई नयाँ नेतृत्वले सच्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले पनि मगर जातिको मातृभाषा, धर्म, संस्कृति र भेषभुषाको संरक्षणमा सम्पूर्ण मगरहरुले महत्वपूर्ण भूमिका खेल्दै सबै एकजुट भएर आफ्नो जातिय पहिचान जोगाउन लागिपर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संरक्षक जुग्जालीमगर, शैलेन्द्र विक्रम थापामगर, नविन थापामगर, गायक देवराज आलेमग, महेन्द्र थापामगर, ज्योतिष घर्तिमगर, तुल बहादुर साराङ्कोटीमगर लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरे ।

निवर्तमान अध्यक्ष थानु रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन महासचिव योगेन थापामगरले गरेका थिए भने सदस्य किरण थापामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा नेपालबाट टोकियो रोधी क्लवको निमन्त्रणामा टोकियो आएका गायक तथा संगीतकार देवराज आलेमगरलाई सम्मान गरिएको छ । आलेमगरलाई निवर्तमान अध्यक्ष थानु रानामगर र नवनिर्वाचित अध्यक्ष दिपक बुर्जामगरले खादा ओढाएर सम्पन्न गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?