जापानी राजकुमारी र प्रधानमन्त्री पत्नीले किने नेपाली सामान

जापान । जापानको टोकीयोस्थित एएनए अन्तर्राष्ट्रिय होटलमा सम्पन्न ४० अ‍ैं एसिया प्यासिफिक फेस्टीवल तथा च्यारिटी बार–२०१६ मा पर्दशन गरिएको नेपाली सामानहरु तथा खानाका परिकारहरुमा अवलोकनकर्ताहरुले रुचि राखेका छन् ।

६ अप्रिलमा भएको उक्त फेस्टीबल एवं च्यारिटी बारमा ३३ देशका स्टलहरु रहेका थिए । कार्यक्रममा जापानस्थित नेपाली दुतावास र जापानमा रहेका नेपालीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

दुतावासले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै मेलामा नेपाली सामानहरु आकर्षणको केन्द्रमा परेको जनाएको छ ।

दुतावासले जारी गरेको विज्ञप्तीमा फेस्टीवलमा जापानी राजकुमारी हिताची र प्रधानमन्त्री सिन्जो आवेकी पत्नी आकी आवेले मेलाको अवलोकन गरेको र नेपाली सामानहरुप्रति रुचि देखाएको उल्लेख छ ।  मेलामा उनीहरुले केही नेपाली सामानहरु समेत किनेको दुतावासको विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा स्विकृती भण्डारीले मिस नेपालको भुमिका निभाएको र सन्दीप दुंगानाले आधिकारीक फोटो ग्राफरका रुपमा काम गरेको दुतावासले जनाएको छ ।

दुतावासले ३३ राष्ट्र सहभागि भएको फेस्टीवलले नेपाली खानाका परिकार र नेपाली मौलिक उत्पादनको प्रवद्धनमा सहयोग पुगेको जनाएको छ ।

japan-saman (2) japan-saman (7) japan-saman (3) japan-saman (4) japan-saman (5) japan-saman (6)

japan embessy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?