जापानमा अत्याधिक कामका कारण मृत्यु भएको भन्दै क्षतिपूर्ति दावी गर्नेको संख्या बढ्यो

Road workers prepare a construction site at night in central Tokyo November 30, 2015. REUTERS/Thomas Peter

टोकियो । जापानमा अत्याधिक श्रम गराएका कारण मृत्यु भएका कामदारहरु (कारोसी) को क्षतिपूर्ति दावी गर्नेहरुको संख्या बढेको छ ।

अत्याधिक श्रमका कारण युवा र महिलाहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

कामको लागि आवेदन दिने प्रत्येक आवेदकमा १।२८ प्रतिशत कामको दर १९९१ देखि अहिलेसम्मकै उच्च हो ।

जापानमा घट्दो जनसंख्याको चुनौतिको सामना गर्न जापानी मानिसहरुलाई धेरै काममा लगाउन सकिएपनि त्यसबाट निम्तने दुष्परिणाम डरलाग्दो हुने चेतावनी दिइएको छ ।

जापानी श्रम मन्त्रालयले जनाएअनुसार कारोसीका लागि क्षतिपूर्तिको दावी गर्ने मानिसहरुको संख्या सन् २०१५ मार्च महिनाको अन्त्य सम्म १, ४५६ ले बढेको देखाएको छ ।

श्रम मन्त्रालयले त्यो आंकडा पुराना कामदारहरुको स्वास्थ्य, सामाजिक सुविधाहरु, ढुवानी र निर्माण बारेको अनुभवलाई केन्द्रमा राखेर निकालिएको हो ।karoshi

राष्ट्रिय सुरक्षा परिषदका महासचिव हिरोशी कावाहितोले कारोसिको सिकार भएका मानिसहरुको वास्तविक संख्या यसको १० गुण बढी रहेको दाबी गरेका छन् ।

उनले सरकारले त्यस्ता घटनाहरुको पहिचान गर्न हिचकिचाईरहेको समेत बताएका छन् । सरकारले यस्तो समस्याको बारेमा विभिन्न गोष्ठीहरु गर्नुका साथै पोस्टरहरु छापिरहेको भएपनि यो केवल प्रोपोगाण्डामात्रै भएको उनको भनाई छ ।

‘त्यो केवल प्रोपोगान्डा मात्र हो’, उनले भने, ‘वास्तविक समस्या त कामदारको काम गर्ने समय घटिरहेको छ र सरकारले कामदारको लागि गर्न पर्ने आवश्यक काम गरिरहेको छैन ।’

सन् १९८० देखि कारोसी बारे वकालत गर्दै आएका एक जना वकिलले भने ९५ प्रतिशत घटनाहरु मध्य अधबैंसे उमेरका मानिसहरुको हुने गरेको र ती मध्य २० प्रतिशत महिलाहरु हुने गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?