जापान संस्करणलाई कावा राजदूत राजभण्डारी र डिसीको शुभकामना

Gehendra Rajbhandari and Dinesh DCटोकियो । नेपाल सन्देश डटकमको जापान संस्करण सुरु भएकोमा जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र चलचित्र निर्देशक तथा कलाकार दिनेश डिसीले शुभकामना व्यक्त गरेका छन् ।

राजदूत राजभण्डारीले नेपाल र नेपालीका खबर जापानबासीहरुसम्म ल्याइपुर्याउने उद्देश्यसहित सुरु भएको japan.nepalsandesh.com को सफलताको कामना गरे ।

उनले जापानबाट सूचना प्रवाह तथा जापानबासी नेपालीका समस्या समाधानका सहयोग गर्ने उद्देश्यले अनलाईन सुरु गरिनु आफैमा खुसीको कुरा भएको बताए । उनले आफूले भावी दिनमा सक्दो सहयोग गर्ने पनि विश्वास दिलाए ।

यसैगरी कलाकार तथा निर्देशक दिनेश डिसीले पनि नेपाल सन्देश डटकमको जापान संस्करण सुरु भएकोमा खुसी व्यक्त गर्दै सफलताको कामना गरेका छन् ।

चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शनका लागि जापानमा रहेका डिसीले आगामी दिनमा यसले सूचना प्रवाहको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?