टोकियो । रसुवाको भेटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दिपवे कम्पनीले ३६ लाख येन सहयोग गरेको छ।
कम्पनीका निर्देशक दिपक सुबेदीका अनुसार कम्पनीको तर्फबाट ३० लाख येन र दिपवे जापान कम्पनी परिवारका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख येन सहयोग गरिएको हो।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको सुबेदीले जानकारी गराएका छन्। देशलाई विपत्तिमा परेको बेला प्रवासमा रहे पनि मातृभूमिको पीडामा साथ दिँदै दिपवे जापानले सहयोग गरेको उनको भनाई छ।
दिपवे कम्पनी मार्फत् जापानका विभिन्न ठाउँमा २२ वटा रेष्टुरेन्ट सञ्चालनमा छन् ।


