टोकियोमा चलचित्र ‘लालीबजार’को विशेष शो हुँदै, स्वस्तिमा, रविन्द्र र प्रदीप भट्टराईसँगै बसेर हेर्न पाइने

|

टोकियो। जापानमा रहेका नेपाली चलचित्रप्रेमीहरुका लागि आगामी जुलाई १८ तारिख शनिबार विशेष दिन हुने भएको छ ।

टोकियो ड्रिम्स इन्टरटेन्मेन्ट, बी एन्ड बी टेक र फिसटेल होम्सको संयुक्त प्रस्तुतिमा ‘टोकियो शो विथ एक्टर्स एण्ड प्रोड्युसर’ अन्तर्गत नेपाली चलचित्र ‘लाली बजार’ को विशेष प्रदर्शन तथा कलाकारसँग प्रत्यक्ष भेटघाट कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा चलचित्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता तथा निर्माता रविन्द्र सिंह बानियाँ, साथै लेखक, निर्देशक तथा निर्माता प्रदीप भट्टराई जापान आउने भएका छन् ।

कार्यक्रममा दर्शकहरूले कलाकारहरुसँगै बसेर चलचित्र हेर्न तथा प्रत्यक्ष अन्तरक्रिया गर्ने विशेष अवसर पनि पाउनेछन् ।

यो विशेष कार्यक्रम साँझ ६ बजे टोकियोको नाकानो जेरो हलमा आयोजना हुनेछ । आयोजकका अनुसार जापानमा रहेका नेपाली समुदायलाई नेपाली चलचित्रसँग जोड्ने तथा कलाकार र दर्शकबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको आधिकारिक प्रायोजक रोबिन शेरचन रहेका छन् भने येहे रेमिट सिल्भर स्पोन्सरका रूपमा जोडिएको छ । जापान समाचार डटकम कार्यक्रमको मिडिया पार्टनर रहेको छ ।

टिकट तथा थप जानकारीका लागि आयोजकले ०७०-८५६१-७८६९ र ०९०-१२८९-१४५८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । साथै टोकियो ड्रिम्सको फेसबुक पेजमा सम्पर्क गरेर पनि टिकट खरिद गर्न सकिनेछ।

जापानमा रहेका नेपाली चलचित्रप्रेमीका लागि यो कार्यक्रम मनोरञ्जनसँगै आफ्ना मनपर्ने कलाकारसँग प्रत्यक्ष भेट गर्ने अवसर बन्ने अपेक्षा गरिएको छ ।

नेपालमा ५१ दिन मनाउन सफल यस वर्षकै सफल मध्येको एक चलचित्र लालीबजार लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्का लगायतसँगै बसेर हेर्न तथा भेटघाटको मौका नछुटाउन बेलैमा टिकट खरिद गर्न आयोजकको अनुरोध छ ।