टोकियो । फिफा विश्वकप फुटबलमा जापानले नेदरल्याण्ड्सँग बराबरी खेल्दै अंक बाँडेको छ ।डलास स्टेडियममा भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा सबै चार गोल सम्भव भएको हो ।
खेलको ५०औं मिनेटमा भान डाइकले हेडरमार्फत गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको सात मिनेट पछि नै जापानले बराबरी गोल फर्कायो ।
जापानका लागि केइतो नाकामुराले गोल गरे । त्यसको सात मिनेटमा नेदरल्यान्ड्सले फेरि अग्रता बनायो । खेलको ६४औं मिनेटमा क्रिसेन्सो समरभिलले गोल गरेका हुन् ।
तर खेलको ८९औं मिनेटमा डाइची कामाडाले गोल गर्दै खेललाई बराबरीमा ल्याए र जापानलाई हारबाट जोगाए ।
उनले कर्नरबाट आएको बललाई हेडमार्फत गोल गरेका थिए । योसँगै समूह एफमा जापानले १ अंक जोडेको छ ।
यो समूहमा जापानसँगै नेदरल्याण्ड्स, स्वीडेन र ट्युनिसिया रहेका छन् ।


