फुकुसिमा । जापानको फुकुसिमास्थित एउटा इलेक्ट्रोनिक्स कम्पनीको फ्याक्ट्रीभित्रै रहेको एउटा सिकारी भालु भागेको छ ।
४ जना मानिसलाई आक्रमण गरेपछि फ्याक्ट्रीभित्र थुनेर राखेको भालु आफैं झ्यालको चुकुल निकालेर सो क्षेत्रबाट भागेको शहरका अधिकारीहरुले जनाएका छन् ।
नगरपालिकालाई बन्दुक प्रयोग गर्ने अनुमति दिन सक्ने गरी अधिकारीहरूले आपतकालीन शिकार उपायहरूको तयारी गरिरहेका बेला भालु भागेको विश्वास गरिएको छ । भालु भागेको पाइएसँगै शहरले बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ ।
शहरका अधिकारीहरूले निगरानीमा रहेका एक प्रहरी अधिकारीले भालु बुधबारराति नै करिब ११ बजेतिर भालु गेट नाघेर जाँदै गरेको देखेका थिए ।
ओकी सिम्फो–टेक कम्पनीको कारखानामा च्यातिएको झ्यालको जाली र अन्य संकेतहरूले भालुले झ्यालको चुकुल खोलेर झ्याल धकेलेर निस्किएको हुनसक्ने अनुमान गरिएको छ ।
एउटा पत्रकार सम्मेलनमा फुकुसिमाका मेयर युकी बाबाले भने, ‘हामीले भालुले आफ्नो अगाडिको पञ्जा धारामा राखेर पानी पिइरहेको पनि देख्यौं । हामी यसलाई अत्यन्तै चलाख भालु थियो ।’
कारखानामा चार वटा बक्स पासोहरू जडान गरेको थियो भने साइटमा प्रज्वलनशील पदार्थहरू भएकाले ‘ट्र्यान्कुलाइजर गन’ प्रयोग गर्ने अधिकार दिएको थियो । भालुलाई एउटा डार्ट (वाण) प्रहार गरिएको थियो । तर पछि ट्र्यान्कुलाइजिङ एजेन्ट (औषधि) प्रवाह नभएको पाइएको छ ।
भालु हराएपछि बिहीबार दिउँसोदेखि ड्रोनबाट खोजी कार्य सुरु गरिएको थियो भने नजिकैका प्राथमिक र निम्न माध्यमिक विद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चालन गरेका थिए ।
भालु मंगलबार बिहान करिब सााढे ६ बजे शहरको सासाकिनो क्षेत्रमा रहेको पार्टपूर्जा निर्माता फुकुसिमा स्टिल वक्र्स कम्पनीको परिसरमा प्रवेश गरेर दुई कर्मचारीहरूलाई आक्रमण गरेको थियो ।
त्यसपछि यसले नजिकैको एउटा निवासमा एक व्यक्तिलाई र ओकी सिम्फो–टेकमा अर्का एक व्यक्तिलाई आक्रमण गरेपछि फ्याक्ट्रीमा थुनिएको थियो ।


