टोकियो। जापानको सबैभन्दा उत्तरी मुख्य टापु होक्काइदोको चितोसेमा महिलामाथि छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
एक २१ वर्षीया महिलालाई चक्कु प्रहार गरेपछि प्रहरीले २७ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी ती इन्डोनेसियाली महिला श्री रहायुलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
प्रहरीका अनुसार इन्डोनेसियाली नागरिकता नै भएका शंकास्पद व्यक्ति महमुदी आगुङ लक्साना अजी उनीसँग परिचित रहेको विश्वास गरिएको छ ।
प्रहरीले यसअघि चक्कु बोकेको मानिस रहेको रिपोर्ट गर्ने फोनको जवाफ दिएको थियो । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने प्रयास गर्दा एक प्रहरी अधिकारी घाइते भएका थिए ।
यो घटना जेआर चितोसे स्टेशनबाट करिब १.८ किलोमिटर उत्तर–पश्चिममा पर्ने आवासीय क्षेत्रमा भएको हो ।


