जापानमा जुनदेखि १ हजारभन्दा बढी खाद्य र पेय पदार्थको मूल्य बढ्ने

|

टोकियो । जापानमा जुनदेखि झण्डै १ हजारभन्दा खाद्य तथा पेय पदार्थको मूल्य बढ्ने एक अनुसन्धानले देखाएको छ ।

पश्चिम एसियाको संकटका कारण जुनमा १ हजार ७८ खाद्य र पेय उत्पादनहरूको मूल्य बढ्ने अनुमान गरिएको हो । जुन गत मे महिनामा ८४ थियो ।

तेइकोकु डाटाबैंक लिमिटेडले अब पूर्ण वर्षको लागि त्यस्ता उत्पादनहरूको संख्या १० हजार नाघ्ने अनुमान गरेको छ ।

संस्थानको प्रतिवेदन अनुसार मे अन्त्यसम्ममा २२.७ प्रतिशत वस्तुहरू इरान युद्धबाट प्रभावित थिए । गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि सुरु भएको युद्धका कारण नाफ्थाको आपूर्तिमा संकट निम्त्याएको छ ।

तेलबाट निकालिएको यो कच्चा पदार्थ खाद्य वस्तुहरूका लागि प्लास्टिक प्याकेजिङ जस्ता उत्पादनहरूका लागि अत्यावश्यक छ ।

जुनबाट मसलाजन्य ४५० भन्दा बढी इन्स्ट्यान्ट नुडल्सजस्ता ३०४ प्रशोधित खाद्य पदार्थहरूको मूल्य बढ्ने अनुमान छ ।

अक्टोबरसम्म मूल्य वृद्धिको सामना गर्ने वस्तुहरूसहित वार्षिक कुल संख्या ९ हजार ३६१ पुगिसकेको छ । यदि यो संख्या यसवर्ष १० हजार नाघेमा संस्थानले रेकर्ड लिन सुरु गरेको २०२२ पछि लगातार पाँचौ वर्ष मूल्य बढ्नेछ ।