टोकियोको पहाडी क्षेत्रमा मानव शरीरको अंग भेटियो, भालुले आक्रमण गरेको आशंका

|

टोकियो । जापानको राजधानी टोकियोको बाहिरी पहाडी क्षेत्रमा मानव शरीरको अंक फेला परेको छ ।स्थानीय प्रहरीका अनुसार पश्चिम टोकियोको पहाडी क्षेत्रमा शरीरको माथिल्लो भाग नभएको एउटा शव फेला परेको हो ।

शव भेटिएको स्थान नजिकै कुनै ठुलो जनावरको जस्तो देखिने पदचिह्नहरू पनि फेला परेका छन् ।

टोकियो महानगरीय प्रहरीको ओमे शाखाले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

मृतकको लिंग र उमेर अझै खुल्न सकेको छैन । प्रहरीले भालु वा अन्य कुनै जंगली जनावरले आक्रमण गरेको हुन सक्ने सम्भावनाबारे अनुसन्धान गरिरहेको छ ।

उक्त शव सबैभन्दा पहिले गत बिहीबार ओकुतामाको निप्पारा क्षेत्रमा पैदल यात्रा (ज्ष्पष्लन) गरिरहेका एक बिदामा रहेका प्रहरी अधिकारीले देखेका थिए ।

टोकियो प्रहरी र स्थानीय सिकारी संघले उक्त क्षेत्रमा खोजी गर्दा मंगलबार दिउँसो करिब १ बजे पैदल मार्गबाट १०० मिटर टाढा शव फेला पारेका हुन् ।

शव भेटिएको स्थानभन्दा केही दुरीमा एउटा झोला र ट्रेकिङ पोलहरू पनि फेला परेका छन् ।

शव भेटिएको स्थललाई नागासावा रिज भनिन्छ, जुन साइतामा प्रान्तको चिचिबु र ओकुतामाको सिमानामा पर्दछ । ओकुतामा क्षेत्रमा गत अप्रिलदेखि धेरै पटक भालु देखिएका रिपोर्टहरू सार्वजनिक भएका छन् ।