सीसँगको शिखर बैठकबारे ट्रम्पद्वारा ताकाइचीसँग छलफल

|

टोकियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानकी प्रधानमन्त्री सानाए ताकाइचीसँग चीनका राष्ट्रपति सी जिनपिङसँग भएको शिखर बैठकबारे जानकारी गराएका छन् ।

ट्रम्पले यही मे १३ देखि १५ सम्म बेइजिङको भ्रमण गरेका थिए । त्यहाँबाट फर्किने क्रममा उनले एयरफोर्स वानबाट ताकाइचीसँग कुराकानी गरेका थिए ।

ताकाइची र ट्रम्पबीच करिब १५ मिनेट लामो कुराकानी भएको थियो ।

जापानको विदेश मन्त्रालयले दुई नेताबीच आर्थिक सुरक्षासतिह चीसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल भएको बताइएको छ । उनीहरुहरु हिन्द प्रशान्त क्षेत्रका घटनाक्रमबार निकट सम्पर्क कायम राख्ने सहमति गरेका छन् ।

ताकाइचीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग विस्तृत कुराकानी भएको जानकारी दिँदै जापान–अमेरिकाको अटुट गठबन्धन रहेको बताएकी छन् ।

ताकाइचीलाई सीसँग जापानबारे भएको कुराकानीबारे सोधेको प्रश्नमा उनले गोपनियताको शर्तमा आफूले विस्तृत जानकारी पाएको बताएकी छन् । उनले ट्रम्पले जापानलाई दिएको अपार समर्थनका लागि धन्यवाद दिएको उल्लेख गरेकी छन् ।