
टोकियो । जापानको प्रमुख सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले विदेशी नागरिकसँग सम्बन्धित नीतिको रुपरेखासहितको दस्तावेज सार्वजनिक गरेको छ ।
वेबसाइटमा जारी दस्तावेजमा प्रधानमन्त्री सानाए ताकाइची प्रशासनले अघि सारेका नीति र पार्टीको विदेशी नागरिक नीति मुख्यालयद्वारा प्रस्तुत प्रस्तावको ब्याख्या गरिएको छ ।
यसमा विदेशी नागरिकको संख्या ४० लाखभन्दामाथि पुगेका कारण पुरानो व्यवस्था र नियमअनुसार यस्ता मुद्दाको समाधान गर्न नसकिने भन्दै उजुरी बढिरहेको उल्लेख छ ।
दस्तावेजमा सरकारले जापानमा विदेशी नागरिकका लागि व्यवसाय सुरु गर्नका लागि जापानी आवासीय भिसामा आवश्यक भएरै कडाई गरिएको उल्लेख गरिएको छ ।
यसमा सरकारले ‘जेस्टा’ नामक एक नयाँ प्रणाली सुरु गर्नका लागि संसदमा एक विधेयक प्रस्तुत गरेको छ । जसअनुसार केही मानिसको जापान आउनअघि नै अनलाइन आप्रवासन जाँच गरिनेछ ।
योसँगै जापानमा अवैध रुपमा बसिरहेका विदेशी नागरिकको संख्या शून्य बनाउने उद्देश्यले पनि उपायहरुलाई बलियो बनाउँदै लगेको हो ।
जापान सरकारले विदेशी नागरिकको स्वीकार्यता असीमित नहुने र उचित नियम लागू गरेर सीमित पारिने जनाएको छ ।

