
टोकियो । विश्वकै उच्च भूकम्पीय जोखिम भएको देशमध्ये एक जापानमा भूकम्पबारे नयाँ सर्वेक्षण रिपोर्ट बाहिर आएको छ ।
सरकारले सार्वजनिक गरेको क्षति अनुमानको तथ्यांक प्रयोग गरी गरेको एक अध्ययनमा उनले यी मानिसहरु भूकम्पको ६ महिनासम्म घरबारबिहीन हुनसक्ने चेतावनी दिएका हुन् ।
अध्ययन अनुसार राजधानी टोकियो, कानागावा, साइतामा र चिबा प्रिफेक्चरमा मात्रै करिब ४७ लाख ५० हजार मानिसको घर बस्न नहुने गरी क्षतिग्रस्त हुने अनुमान छ ।
शहरी क्षेत्रमा अस्थायी घर बनाउन जमिनको अभाव र भाडाका घरहरूको सीमित संख्याका कारण यसरी विस्थापितमध्ये करिब ११ लाख ८० हजार मानिसले विपद्को ६ महिना पछिसम्म पनि नयाँ बस्ने ठाउँ नपाउने सम्भावना छ ।
बढ्दो महँगी र कामदारको अभावले गर्दा घर मर्मतमा झनै ढिलाइ हुनसक्ने भन्दै उनले यस्तो जोखिम कम गर्न भवनहरूलाई भूकम्प र आगलागी प्रतिरोधी बनाउन र दुईतले अस्थायी आवासको अवधारणा ल्याउन सुझाव दिइएको छ ।
समयमै सतर्कता र तयारी नगरे विस्थापित मानिसहरूलाई सामान्य जनजीवनमा फर्कन निकै कठिन हुने भन्दै आवश्यक पूर्वतयारीमा जोड दिइएको छ ।
योसँगै शक्तिशाली भूकम्प आएको अवस्थामा जापानमा अस्थायी र स्थायी बसोबास गर्ने विदेशी नागरिकको सुरक्षा र सहयोगमा समेत चुनौती हुने औल्याइएको छ । जापानमा टोकियो र आसपासका क्षेत्रमा ठूलो संख्यामा विदेशी नागरिकहरुको बसोबास छ ।
भाषिक ज्ञानको अभाव, सामाजिक सञ्जाल र अन्य माध्यमबाट फैलिनसक्ने गलत जानकारीजस्ता कुराले विदेशी नागरिक बढी जोखिममा हुनसक्ने भन्दै सतर्क गराइएको छ ।

