जापानी प्रधानमन्त्री ताकाइची टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा

|

टोकियो । जापानी प्रधानमन्त्री सानाए ताकाइची टाइम म्यागजिनको यस वर्षको विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरूको सूचीमा पर्न सफल भएकी छन् ।

यो सूचीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानलगायत समेटिएका छन् ।
ताकाइची वर्ष वर्षको अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

म्यागजिनले पोप लियो चौधौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि प्रभावशाली नेताका रूपमा चयन गरेको छ । गत वर्ष जापानी अभिनेता हिरोयुकी सानाडा यो सूचीमा परेका थिए ।