
टोकियो । जापानको राजधानी टोकियोमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
उनीमाथि सामाजिक सञ्जालमार्फत भेटिएकी एक माध्यमिक विद्यालयकी छात्रालाई गत मार्चमा टोकियोको एउटा होटलमा यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।
एनटिभीको रिपोर्ट अनुसार प्रहरीले अभियुक्त रेन नाकाओकाले ती बालिकासँग भेट्ने प्रस्ताव राखेको र जबरजस्ती होटलमा लगेको जनाइएको छ ।
ती बालिकाले घर फर्कने क्रममा बाटोमा प्रहरी अधिकारीलाई आफूमाथि घटेको घटनाबारे बताएपछि यो विषय बाहिर आएको हो ।
प्रहरीका अनुसार बुधबार पक्राउ परेका नाकाओकाले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् ।

