विद्युतको पोलबाट खसेर एक महिलाको ज्यान गयो

|

निगाता । बिहीबार निगाता प्रान्तको जोएत्सुमा एउटा विद्युत ट्रान्समिसन टावरबाट खसेर एक ४४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनी पोलबाट काम गर्ने क्रममा करिब १३ मिटर तल जमिनमा खसेका थिए ।

एनटीभीको रिपोर्टअनुसार यो घटना बिहान करिब ९ः५५ बजे भएको हो । प्रहरीका अनुसार टावरमा आठ जना कामदारहरू पार्टपुर्जा फेर्ने काम गरिरहेका थिए ।

सोही क्रममा विद्युत पोलको माथिल्लो भागमा काम गरिरहेका ती ४४ वर्षीय पुरुषको खुट्टा चिप्लिएर तल खस्न पुगेका थिए ।

उनलाई उपचारका लागि तत्काल अस्पताल लगिएको भए तापनि पुगेको केही समयमै मृत घोषित गरिएको थियो ।