ओसाकाको एक अपार्टमेन्टमा दुई महिला मृत फेला

|

ओसाका । जापानको ओसाका प्रान्तको इजुमी शहरस्थित एउटा अपार्टमेन्टमा एक जना ७६ वर्षीया महिला र उनकी ४१ वर्षीया छोरी मृत फेला परेका छन् ।

प्रहरीका अनुसार ती छोरी काम गर्ने कार्यालयबाट उनी काममा नआएको जानकारी पाएपछि उनका एक पुरुष आफन्त दिउँसो करिब साढे १२ बजे अपार्टमेन्ट पुगेका थिए ।

त्यहाँ उनले शवहरू फेला पारेको जिजी प्रेसले जनाएको छ । उनले ११० मा फोन गरेर दुवै महिला भुइँमा ढलेको र शरीरका विभिन्न भागमा चोट लागेर रगत बगिरहेको अवस्थामा रहेको जानकारी दिएका थिए ।

प्रहरीले ती महिलाहरूलाई घटनास्थलमै मृत घोषित गरिएको र मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टमका लागि अस्पताल लगिएको बताइएको छ ।

उक्त अपार्टमेन्ट जेआर हानवा लाइनको शिनोदायामा स्टेशनबाट करिब १.७ किलोमिटर पूर्वमा अवस्थित छ ।