
टोकियो । दोलखा समाज जापानले अक्षयकोषमा सहयोग जुटाउन ‘नेपाली नयाँ वर्ष शुभकामना साँझ २०८३’ आयोजना गर्ने भएको छ ।
आगामी ५ अप्रिल, २०२६ आइतबारका दिन कोसेली रेस्टुरेन्ट, कानागावा योकोहामामा कार्यक्रम आयोजना गर्न लागिएको आयोजक दोलखा समाजले जनाएको छ ।
समाजले नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागेको सो कार्यक्रममा चर्चित लोकदोहोरी गायक सूर्य खड्का र गायिका ज्योति लोहनीको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।
कार्यक्रममार्फत अक्षयकोषका लागि सहयोग संकलन गर्नुका साथै जापानमा रहेका नेपालीबीच आपसी सद्भाव, सांस्कृतिक आदान–प्रदान र एकता सुदृढ गर्ने उद्देश्य रहेको समाजका अध्यक्ष सञ्जीव पोखरेलले बताए ।
कार्यक्रममा स्थानीय नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकको अपेक्षा छ । साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्न तथा अक्षयकोष सहयोग अभियानमा साथ दिनका लागि समाजका महासचिव अनुप खड्काले आग्रह गरेका छन् ।

