जनकल्याणकारी संस्था जापानद्वारा भरतपुर अस्पतालमा रक्तदान

|


चितवन । जनकल्याणकारी संस्था जापानले चितवनस्थित भरतपुर अस्पतालमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको पाँचौँ अधिवेशन पछि गठन भएको २०२६–२०२८ कार्यकालको कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार कार्यक्रम आयोजना गरिएको हो।

संस्थाका निवर्तमान उपाध्यक्ष मेघनाथ खरालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष कृष्ण प्रसाद खरेल, संस्थापक अध्यक्ष तथा संरक्षक टिकाराम खरेल, सह–सचिव लक्षु रिजाल, निवर्तमान आर्थिक संयोजक टंक प्रसाद लामिछाने, अभिभावक सदस्य रामकान्त खरेल लगायतको उपस्थिति रहेको थियो।

“सेवा नै धर्म हो” र “रक्तदान जीवनदान” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए।

संस्थाका अनुसार कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरिएको छ। रक्तदानले बिरामीहरूको जीवन बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने डा. कृष्ण प्रसाद सापकोटा तथा भरतपुर अस्पताल परिवारप्रति पनि संस्थाले धन्यवाद व्यक्त गरेको छ।

संस्थाका सचिव प्रकाश लामिछानेले आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरिएको जनाएका छन्।