प्रवास नेपाली सम्पर्क विभाग तोहोकुको दोस्रो अधिवेशन हुँदै

|

सेन्दाइ (जापान)। प्रवास नेपाली सम्पर्क विभाग तोहोकु शाखा समितिले दोस्रो ऐतिहासिक अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन जनवरी १० तारिख शनिवार जापानको सेन्दाइस्थित कल्चरल स्पेस सेन्दाइ मा आयोजना गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार अधिवेशन प्रवासी नेपाली समुदायबीच संगठनात्मक सुदृढीकरण, आपसी समन्वय र भावी कार्यदिशा तय गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो। कार्यक्रममा तोहोकु क्षेत्रका विभिन्न प्रान्तमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

अधिवेशन दिउँसो ११ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा संगठनका प्रतिनिधि, अतिथि तथा समुदायका अगुवाहरूको उपस्थिति रहने जनाइएको छ।

प्रवास नेपाली सम्पर्क विभाग तोहोकु शाखा समितिले तोहोकु क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई अधिवेशनमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ।

प्रवास नेपाली सम्पर्क विभाग रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास संगठन हो।