
टोकियो । बिहुँकोट समाज जापानको १०औं अधिवेशन तथा १९औं साधारण सभा सम्पन्न भएको छ । अधिवेशनबाट टिकाराम कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
नवगठित कार्यसमितिअनुसार घनश्याम कँडेल (अर्जुन), प्रेमप्रसाद कँडेल र नारायणप्रसाद कँडेल उपाध्यक्ष चयन भएका छन् ।
महासचिवमा बलबहादुर कँडेल क्षेत्री, सचिवमा अर्जुन कँडेल (पुष्प) र राजेन्द्र कँडेल, कोषाध्यक्षमा खिमानन्द कँडेल तथा सह–कोषाध्यक्षमा आनन्दप्रसाद कँडेल चयन भएका छन् ।
कार्यसमितिका सदस्यमा मुना कँडेल, जुना कँडेल र तिलक कँडेल रहेका छन् ।
अधिवेशनमा प्रमुख अतिथि अमर मावि बिहुँकोटका निवर्तमान प्रधानाध्यापक हरि प्रसाद कँडेल तथा विशिष्ट अतिथिहरू एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए जापानका अध्यक्ष सुबास लामिछाने र नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजको स्थापनाकालदेखि योगदान पुर्याउँदै आएका पूर्वअध्यक्ष गोपाल शर्मा ‘अशोक’ र विशिष्ट परिषद् सदस्य इन्द्रलाल सुवेदी लगायतलाई सम्मान गरिएको थियो ।
अधिवेशनले संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गरेको छ । नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्षे कार्यकालमा आपसी सद्भाव, सहकार्य, पारदर्शिता र सक्रिय सहभागितामार्फत समाजलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष तथा सल्लाहकार शान्त पहरी र नेपाल पत्रकार महासंघ जापानका निवर्तमान सचिव तथा सल्लाहकार राजन गौतमलाई सूचना, समाचार तथा पत्रकारितामार्फत प्रवासी नेपालीहरुको हित प्रवद्र्धनमा निरन्तर पुर्याएको उल्लेखनीय योगदान, पेशागत निष्ठा तथा जिम्मेवार पत्रकारिताको कदर गर्दै सम्मान गरिएको थियो ।



