
टोकियो । बलेवा सेवा समाज जापानको आठौं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र प्रेम निर्वाचित भएका छन् ।
अधिवेशनले प्रेमको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा एल.पी. शर्मा चयन भएका छन् भने उपाध्यक्षमा हरि पाठक, यामप्रसाद पौडेल र अर्जुन लामिछाने रहेका छन् ।
महिला उपाध्यक्ष कमला लामिछाने तथा क्षेत्रीय उपाध्यक्ष दीप गिरी छन् । महासचिव रोशन चापागाईं, सचिव भक्त हमाल र राजेश रिजाल, कोषाध्यक्ष दीपकराज पौडेल, सह–कोषाध्यक्ष शोभा ढकाल तथा युवा संयोजक नारायण पाठक चयन भएका छन् ।
सदस्यहरूमा विक्रम रिजाल, गोपाल सुवेदी, सागर पौडेल, दीपेन्द्र नेपाली, खगेश्वर घिमिरे, विमल शर्मा र सपना पाठक छन् ।
अधिवेशनमा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठलगायत अतिथिले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा प्रवासी नेपाली समाजमा सूचना, सञ्चार तथा पत्रकारिता मार्फत निरन्तर योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ जापान शाखालाई सम्मान समेत गरिएको थियो ।








