नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापना दिवसमा विबिध कार्यक्रम

जीवन सुवेदी / टोकियो
नेपाल पत्रकार महासंघ जापान शाखाको १३ स्थापना दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।

महासंघको स्थापना दिवस फोटो तथा भिडियो पत्रकारिता तालिम, बार्बिक्यु सहित केक काटेर मनाईएको हो ।
जापानको चिवा स्थित हातेमालो हाउसमा जापानमा क्रियाशिल ३३ जना पत्रकारको सहभागितामा फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न भएको हो ।


पत्रकारहरुको क्षमता अभिवृध्दि गर्ने उदेश्यले आयोजित तालिमको सहजिकरण प्रध्यापक डाक्टर तोसिआकि ईतो, राजकुमार बस्नेत र रिक्कि गौचनले गर्नुभएको थियो ।


तालिमको समापनका अवसरमा बोल्दै जापानका लागि नेपालि राजदुत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानमा क्रियाशिल पत्रकारले समाजको हितका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले समाजलाई नकरात्मक असर नपर्ने गरी समाचार संप्रेषण गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।

स्थापना दिवसको अवसरमा पत्रकारको क्षमता अभिवृद्दिका लागि तालिमका साथै आत्मियता र भाईचाराका लागि बार्बिक्यु आयोजना गरिएको पत्रकार महासंघ जापानका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक रविन्द्र श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?