जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो

टोकियो । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या मंगलबार अपराह्नसम्म ४८ पुगेको छ ।

इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको प्रधानमन्त्री किशिदा फुमियोले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

‘प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,’ एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

सोमबारदेखि जापानमा कम्तीमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?