तोचिगि : यूवतीको घाँटी थिचेर हत्या गरेको आरोपमा २८ वर्षीय यूवक पक्राउ


टोकियो । गत हप्ता तोचिगी प्रिफेक्चरको कामिनोकावा सहरमा भाडाको कारमा फेला परेको १५ वर्षीया युवतीको मृत्युमा संलग्न भएको आरोपमा प्रहरीले २८ वर्षीय पुरुषमाथि अनुसन्धान जारी राखेको छ ।

प्रहरीले बिहीबार बिहान चिबा प्रान्तको काशिवा शहरमा स्थायी बसोबास रहेकी अजुकी साकामाकीको शव फेला पारेको थियो ।


शंकास्पद देखिने कार पार्क गरेको ठाउँमा पुगेको प्रहरीले चालक सिटमै बसिरहेका बेला घटनास्थलबाटै तात्सुया यासुजुमीलाई पक्राउ गरेको हो । उनलाई सोधपुछ गर्ने क्रममा उनले आफूमाथि अनुसन्धान ग樂威壯 र्न स्वीकारोक्ति दिएका छन् ।


पोस्टमार्टमका क्रममा मृतक यूवतीको अक्टोबर १७ तिर घाँटी थिचेर हत्या गरेको खुलासा भएको छ ।
उनले शव छोडेको आरोप स्वीकार गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

तिनीहरू दुई जनाको कसरी भेट भयो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । साकामाकीको मृत्युको कारणले उत्पन्न परिस्थितिहरू पनि अनुसन्धान भईरहेको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुबीच सामाजिक सञ्जालमा भेट भएको हुनसक्छ ।

यासुजुमी यसअघि पनि योकोहामामा कक्षा ६ मा पढ्ने छात्रालाई कारमा ल्याएपछि नाबालिग अपहरण र अभद्र यौन दुर्व्यवहार गरेको आरोपमा सन् २०१५ मा पक्राउ परेका व्यक्ति हुन् ।

कारमा उनको पहिचान सहित कैयौं मोबाइल कलहरु फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?