जापानमा यो वर्षको ६ महिनामा टाट पल्टिए ४,३२४ कम्पनी

विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानमा कम्पनीहरु टाट पल्टिने क्रम उच्च बनेको छ ।

ठूला व्यवसायहरु टाट पल्टिने क्रम गत वर्षको अप्रिलदेखि सेप्टेम्बरको तुलनामा पहिलो ६ महिनामा ३७.७ प्रतिशतले बढेको पाइएको छ ।

टोकियो शोको रिसर्च लिमिटेडका अनुसार यसरी उच्च गतिमा कम्पनीहरु टाट पल्टिएको पछिल्लो ८ वर्षकै ऐतिहासिक रेकर्ड हो ।
कोभिडका समयमा सरकारले दिएको राहत ऋण रकम भुक्तानीका कारण यस वर्ष जापानका धेरै व्यवसायहरु टाट पल्टिएको हुनसक्ने अनुमान गरिएको छ ।

यस वर्षको अप्रिल देखि सेप्टेम्बरसम्मको अवधिमा १ करोड वा सो भन्दा बढी दायित्व भएका टाट पल्टिने कम्पनीको संख्या ४ हजार ३२४ पुगेको छ ।

जापानको इतिहासमा ६ महिनामा टाट पल्टिएका कम्पनीको यो संख्या अहिलेसम्मकै धेरै हो ।

犀利士 e-large is-resized”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?