जापानका अन्तर–बैंक डाटा प्रणालीमा खराबी, ११ बैंकको कारोबार प्रभावित

जापानमा अन्तर–बैंक डाटा सञ्चार प्रणालीमा प्राविधिक समस्या आउँदा बैंक तथा वित्तीय संस्थाहरू बीचको रकम आदन प्रदानमा समस्या भएको छ ।

樂威壯 — wp:paragraph –>

यो प्रणालीमा १० अक्टोबरदेखि देखिएको त्रुटि बुधबार पनि कायमै रहेको छ । जापानी बैंकको पेमेन्ट क्लियरिङ नेटवर्कमा मंगलबार बिहानदेखि प्राविधिक समस्या देखिएको थियो ।

प्रणाली सञ्चालकले यो समस्याको सुधार कहिले हुन्छ भनेर स्पष्टसँग भन्न नसकिने जनाएको छ । बैंकिङ सिस्टममा समस्या आएपछि अन्य प्रक्रियाबाट रकम हस्तान्तरण गर्न थालिएको छ । तर यसमा सामान्य भन्दा बढी समय लागिरहेको छ ।

एमयुएफजे बैंकले बुधबारदेखि नै एटीएम, अनलाइन र आफ्ना काउन्टरबाट वित्तीय संस्थाबाट पैसा हस्तान्तरणका आवेदन लिन बन्द गरेको छ ।

बैंकिङ प्रणालीमा समस्या देखिएपछि धेरै वित्तीय संस्थाहरूले लेनदेनमा प्रतिबन्ध लगाउँदा साना र मझौला उद्यमहरूको लागि तलब स्थानान्तरण तथा रेमिट्यान्स सेवाहरुमा अवरोध भएको छ ।

जापानका मित्सुबिशी बैंक, रेसोना बैंक, साईतामा रेसोना बैंक, कान्साई मिराई बैंक, यामागुची बैंक, किताक्युसु बैंक, मित्सुबिशी ट्रस्ट र बैंकिङ, जापान कस्टडी बैंक, जेपी मोर्गन चेस बैंक, मोमिजी बैंक, शोको चुकिन बैंक लगायतका ११ वटा बैंकहरुमा समस्या देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?