नेपाली दूतावासले एनआरएनए जापानसँग सहकार्य गरी घुम्ती सेवा सञ्चालन गर्ने

जापानस्थित नेपाली दूतावासले फेरि घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

दूतावासले प्रदान गर्ने सेवालाई छिटो छरितो, सहज र सरल रुपमा जापानमा रहेका नेपालीमाझ पुर्‍याउन निकट भविष्यमै एनआरएनए जापानसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गर्ने जापानस्थित राजदूतावासले जानकारी दिएको छ ।

जापानमा नेपालीको सख्या बढीरहेको र सेवालाई जनमुखी र सबैको पहुँचमा पुर्‍याउन गतवर्ष सञ्चालन गरेको घुम्ती शिविरको सिकाई र अनुभवका आधारमा यसवर्ष पनि घुम्ती सेवा सञ्चालन गर्न लागेको हो ।

दूतावासले घुम्ती सेवा सञ्चालन गर्ने जनाए पनि कुन कुन प्रिफेक्चरको कहाँ कहाँ घुम्ती सेवा संचालन गर्ने भन्नेबारे विस्तृत जानकारी दिएको छैन ।

दूतावासले नेपालीलाई सहयोग र सेवा लिन सहज होस् भनेर राहदानी वितरणलाई टोकियोमा साताव्यापी रूपमा गर्ने तथा गत वर्ष सञ्चालन गरेका क्षेत्रमा पुनः सेवा सञ्चालन गरी नयाँ ठाउँमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

दूतावासमा आयोजित एनआरएनए जापानका निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजित कार्यक्रममा राजदूत दुर्गाबहादुर सुवेदीले घुम्ती सेवा सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?