जापानी येन ऐतिहासिक कमजोर हुँदा रेमिट्यान्स पठाउनेलाई मर्का

जापानी येन ऐतिहासिक कमजोर बनेपछि रेमिट्यान्स पठाउनेहरुलाई मर्का परेको छ । मंगलबार ऐतिहासिक कमजोर बन्दै जापानी येनको विनिमयदर १ डलर बराबर १५० येनभन्दा बढी कायम भयो ।

यो दर करिब एक वर्षयताकै सबैभन्दा उच्च गिरावट हो । टोकियो विदेशी मुद्रा विनिमय बजारमा ३ तारिखमा येन गत वर्ष अक्टोबरपछिकै सबैभन्दा अवमूल्यन देखियो ।

अमेरिकामा दीर्घकालीन ब्याज दरहरू बढ्दै जाँदा, डलर किन्ने र येन बेच्ने लगानीकर्ताहरुको संख्या ह्वात्तै बढेपछि १ डलर बराबर १५०.०५४ येन पुगेको हो ।

जापानी येनको यस्तो कमजोर अवस्था गत वर्षको अक्टोबरपछि पहिलो पटक देखिएको हो ।

यद्यपि मंगलबार साँझपख फेरि जापानी येनको कारोबारमा सुधार देखियो । अमेरिकामा दीर्घकालीन ब्याजदर बढेसँगै जापानले पनि दीर्घकालीन ब्याजदर बढाउँदै गएको छ ।

जापानको ब्याजदर २ तारिखमा करिब १० वर्षयताकै उच्चतम बिन्दुमा पुगेको छ ।

यद्यपि अमेरिकी डलरबाट प्राप्त हुने लाभ बढी भएका कारण लगानीकर्ताहरु जापानी येनमा आकर्षित भएनन् ।

जापानी येन कमजोर बन्दा आम सर्वसाधारण तथा जापानबाट अन्य मुलुकमा रेमिट्यान्स पठाउने कामदारहरु सबैभन्दा बढी मर्कामा परिरहेका छन् । जापानबाट नेपालमा रेमिट्यान्स पठाउनेहरु पनि येनको अवमूल्यनका कारण मर्कामा परेका छन् ।

威而鋼 is-resized”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?