जापानमा अक्टोबरदेखि न्युनतम तलब बढ्ने

जापानमा अक्टोबर महिनादेखि कामदारको न्युनतम तलब बढ्ने भएको छ ।

बढ्दो महंगीलाई मध्यनजर गर्दै अक्टोबरको सुरुदेखि देशभर न्युनतम तलब बढाउन लागिएको हो । अधिकांश प्रिफेक्चरले आक्ष्तबारदेखि यो योजनालाई लागू गरेका छन् ।

हरेक वर्ष प्रत्येक प्रिफेक्चरले श्रम मन्त्रालयको समितिको प्रस्तावका आधारमा आफ्नो तलब स्तर तय गर्छन् ।

यो निर्णयसँगै जापानको औसत तलब बढेर प्रतिघन्टा १ हजार ४ येन अर्थात करिब ६.७ डलर हुनेछ । जुन गत वर्षको तुलनामा ३० सेन्टले बढी हो ।

टोकियोमा प्रतिघन्टा देशमा सर्वाधिक १ हजार ११३ येन अर्थात करिब ७.४ डलर छ । इवाते प्रिफेक्चरमा सबैभन्दा कम ८९३ येन अर्थात ६ डलर छ ।

केही लघु र मझौला कम्पनीहरुले तलब वृद्धिको निर्णयका कारण समस्यामा परेको बताएका छन् । श्रमिकहरुले भने यति थोरै तलब वृद्धिबाट लगातार बढ्दो महंगीसँग लड्न कठिन रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?