चार वर्षपछि टोकियोमा जापान–कोरिया मैत्री मेला

जापान र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण मानिने जापान–कोरिया मैत्री मेला जापानको राजधानी टोकियोमा चार वर्षपछि आयोजना गरिएको छ ।

हरेक वर्ष टोकियो र सोलमा आयोजना गरिने यो मेला सन् २०१९ देखि कोरोना भाइरसको महामारीका कारण हुन सकेको थिएन । भौतिक रुपमा नभएको मेला अनलाइनमार्फत गरिएको थियो ।

टोकियोको कोमाजावा ओलम्पिक पार्कमा दुई दिने उत्सव आयोजना गरिएको हो । जसमा दक्षिण कोरियाका राजदूत युन दोक–मिन पनि सहभागी थिए ।

उनले दुई देशको सम्बन्धमा तीव्र गतिमा सुधार आइरहेका बेला चार वर्षमा पहिलो पटक आयोजना गरिएको मेला द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध सुमधुर बनाउने मञ्च बन्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?