
जापानको राजधानी टोकियो र चिबा प्रिफेक्चरलाई जोड्ने केइसेइ इलेक्ट्रिक रेलवेको भाडा बढ्ने भएको छ । रेलवेले अर्को वर्षको वसन्तदेखि भाडा बढाउने तयारी भएको छ ।
केइसेइ रेलवेले प्लेटफर्मको ढोका र अन्य सुधारका उपायहरू स्थापना गरेर स्टेशनहरूको स्तरोन्नति गर्ने र अर्को वसन्तदेखि प्रत्येक सवारीको भाडा १० येनले बढाउने निर्णय गरिएको जनाएको छ ।
केइसेइ रेलवेले आगामी वसन्तमा केइसेइ मेन लाइन, ओसिआगे लाइन र कानामाची लाइनलगायतका ६ वटा लाइ威而鋼
नहरुको भाडा वृद्धि गर्नेछ ।
प्रत्येक पटकको प्रयोगमा १० तथा ६ महिनाका लागि अग्रिम तेइकी बनाउनेहरुले हालको शुल्कभन्दा ३ हजार २४० येन बढी तिर्नुपर्नेछ । यद्यपि विद्यार्थीहरुको तेइकी शुल्क भने यथावत रहने जनाइएको छ ।
