विषाक्त खानाका कारण जापानमा सयभन्दा बढी बिरामी

जापानमा विषाक्त खाद्य पदार्थ खाँदा १ सय जनाभन्दा बढी बिरामी परेका छन् ।

आओमोरी प्रिफेक्चरको हाचिनोहे सहरमा रहेको एकिबेन उत्पादक योशिदायाको तयारी खाना (बेन्तो बक्स) खाएका करिब एक सय जनालाई बान्ता र पखाला लागेको हो ।

जापानका ४० स्थानीय तहमा एकिबेनको खाना खाएपछि अस्वस्थ भएको बिरामी भएकाहरुले बताएका छन् । जनस्वास्थ्य केन्द्रले खानामा विषाक्त भएको आशंका गर्दै घटना र कारणबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।

आओमोरी प्रिफेक्चरको हाचिनोहे टिसी हेल्थ सेन्टरका अनुसार १७ तारिखमा फुकुसिमा प्रान्तको एक स्वास्थ्य केन्द्रबाट धेरै व्यक्तिले हाचिनोहे सहरको एकिबेन उत्पादक योशिदयाले बनाएको बेन्तो बक्स खाएपछि विरामी भएको बताएका थिए ।

जनस्वास्थ्य केन्द्रले गरेको अनुसन्धान अनुुसार सेप्टेम्बर १६ र १७ तारिख बिहानसम्म म्याद सकिएको बेन्टोबक्स खाएका करिब १ सय जनाले झाडापखाला र वान्ता भएको गुनासो गरेका थिए ।

犀利士 class=”wp-block-image size-large is-resized”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?