अपहृत जापानीको फिर्तीका लागि हस्ताक्षर अभियान

उत्तर कोरियाको अपहरणमा परेका भनिएका जा威而鋼 पानीको स्वदेश फिर्तीको दबाबका लागि हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । उत्तर कोरियाले अपहरण स्वीकार गरेको २१ वर्षसम्म पनि उनीहरु रिहा भएका छैनन् ।

१७ सेप्टेम्बर, २००२ मा उत्तर कोरियाको राजधानी प्योङयाङमा एक शिखर सम्मेलनपछि पाँच जना जापानी नागरिक स्वदेश फर्किएका थिए ।

उनीहरु उत्तर कोरियाले अपहरण गरेको भनिएका १७ जनामध्येका थिए । तर अझै पनि उत्तरु कोरियाले अपहरण गरेका ठानिएका १२ जनाबारे केही पत्ता लागेको छैन । उत्तर कोरियाले पछिल्लो समयमा आफूहरुसँग जापानी नागरिक नरहेको बताउने गरेको छ ।

जापान सरकारले उत्तर कोरियाली जासुसहरुले सन् १९७०–८० को दशकमा १७ जापानी नागरिकको अपहरण गरेको जनाएको छ ।

यस्तै अन्य केही जापानीलाई पनि अपहरण गरी उत्तर कोरिया लगेको आशंका गरिएको छ । तर आधिकारिक रुपमा उनीहरुलाई अपहृत मानिएको छैन ।

पछिल्लो १७ वर्षमा आधिकारिक रुपमा अपहृत मानिएकाहरुका ८ जना बाबुआमाको मृत्यु भइसकेको छ । अब केबल अपहृत भनिएकी योकोता मेगुमीकी ८७ वर्षीया आमा र आरिमातो केइकेका ८७ वर्षीय बाबुमात्रै जीवित रहेका छन् ।

मेगुमीका भाइ योकोता ताकुयाले परिवारजनका बढ्दो उमेरका कारण पनि उनीहरुसँग बाबुआमाको पुनर्मिलनको चाहाना तीव्र रहेको बताए । प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियासँग शिखर बैठक गराउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?